‘सिवानी’ सबैभन्दा थोरै कमाउने फिल्म, दोस्रो नम्बरमा ‘चोर पुलिस’
बिहीबार, ०४ साउन २०८०, १३ : ००
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० धेरै कमाउने ५ नेपाली फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’ र ‘दुई नम्बरी’ परेको छ । तर थोरै कमाउने फिल्ममा ‘सिवानी’, ‘चोर पुलिस’, ‘सरी मम’, ‘आँधी तुफान २’ र ‘ए साथी सुन’ परेका छन् ।
सबैभन्दा थोरै कमाउने फिल्मको सूचीमा एक नम्बरमा ‘सिवानी’ परेको छ । फिल्मले जम्मा ५ सय २० रुपैयाँको व्यवसाय गरेको छ ।
त्यस्तै थोरै कमाउने फिल्मको दोस्रो र तेस्रो स्थानमा ‘चोर पुलिस’, ‘सरी मम’ आएको छ । ‘चोर पुलिस’ १८ हजार ७ सय व्यवसाय गर्दा ‘सरी मम’ले २३ हजार ७ सयको मात्र व्यवसाय गरेको छ ।
त्यस्तै यो सूचीमा चौथो स्थानमा रहेको ‘आँधी तुफान २’ ले २८ हजार ४ सय कमाएको छ भने पाँचौँ स्थानमा रहेका ‘ए साथी सुन’ले ६० हजारको व्यवसाय गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण