कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताएका हुन् । उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए ।
नेता पौडेलले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम जरुरी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ । भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ ।’
नेता पौडेलले बैठक शुक्रवार र आइतबार बस्ने बताए । उनले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण