पीएसजीले एम्बाप्पेलाई एसिया टूरमा नलाने
शनिबार, ०६ साउन २०८०, ११ : ०५
पेरिस । पेरिस सेन्ट जर्मेनले किलियान एम्बाप्पेलाई जापान र दक्षिण कोरियाको प्रि–सिजन टूर गर्ने टोलीबाहिर राखेको छ । क्लबका सर्वाधिक गोलकर्ता र क्लबबीच करार नवीकरणमा विवाद रहेको छ । फ्रेन्च स्ट्राइकरले क्लबसँग एक वर्ष थप करार नवीकरण गर्न अस्वीकार गरेका छन् ।
त्यही भएर पीएसजी एम्बाप्पेलाई अहिले नै बेच्न चाहन्छ । अर्को सिजन क्लबले उनलाई सित्तैमा गुमाउनुपर्ने हुन्छ । यद्यपि, एम्बाप्पे भने आफ्नो करार अवधिको बाँकी एक वर्ष पीएसजीमा नै रहन चाहन्छन् । अर्को सिजन उनी बिना कुनै रकम रियल मड्रिडसँग आबद्ध हुने आँकलन गरिएको छ ।
एम्बाप्पे विश्वकै दोस्रो महँगो खेलाडी हुन् । उनी सन् २०१७ मा १६।५७ करोड पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए । विश्वकप विजेता खेलाडीले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण