जाम्बियाविरुद्ध जापानको गोल वर्षा
शनिबार, ०६ साउन २०८०, १५ : ०९

ह्यामिल्टन । न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ । यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो ।
जापानको जीतमा हिनाता मियाजावाले दुई गोल गरिन् भने मिना टानाकाले एक–एक गोल गरिन् । खेलको अन्त्यतिर जाम्बियाकी गोलकिपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाएकी थिइन् । त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरेकी थिइन् ।
जीतसँगै जापान समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनसँग अङ्क बराबर भए पनि जापानको गोलअन्तर बढी रहेको छ । यसअघि स्पेनले कोस्टारिकालाई हराएको थियो ।