जाम्बियाविरुद्ध जापानको गोल वर्षा
शनिबार, ०६ साउन २०८०, १५ : ०९
ह्यामिल्टन । न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ । यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो ।
जापानको जीतमा हिनाता मियाजावाले दुई गोल गरिन् भने मिना टानाकाले एक–एक गोल गरिन् । खेलको अन्त्यतिर जाम्बियाकी गोलकिपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाएकी थिइन् । त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरेकी थिइन् ।
जीतसँगै जापान समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनसँग अङ्क बराबर भए पनि जापानको गोलअन्तर बढी रहेको छ । यसअघि स्पेनले कोस्टारिकालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण