सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जुम्ला आगजनी घटना : १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

शनिबार, ०६ साउन २०८०, १५ : ५८
शनिबार, ०६ साउन २०८०

सुर्खेत। गत राति जुम्लामा ७ वटा घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार राति  गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाइएको थियो ।

प्रहरीले शङ्कास्पद दश जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप