करेन्ट लागेर दुई जनाको मृत्यु
शनिबार, ०६ साउन २०८०, १७ : १२
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।
उता रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण