नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न सकेन : महामन्त्री शर्मा
काटमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् । उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन् ।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बीपीलाई चिन्नुपर्छ, बीपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बीपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन ।’
नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको उनले गुनासो गरे । “बीपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुपर्यो,’ महामन्त्री शर्माले भने ।
मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उनको भनाइ थियो । ‘हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो,’ महामन्त्री शर्माले भने ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण