खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, ०७ साउन २०८०, १२ : २९
बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण