बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

आइतबार, ०७ साउन २०८०, १२ : २९
आइतबार, ०७ साउन २०८०

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप