महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. भट्टराई सम्मानित
आइतबार, ०७ साउन २०८०, १३ : २६
काठमाडौँ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।
बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कारका साथै सम्मानपत्र भट्टराईलाई हस्तान्तरण गरे । साहित्यकार भट्टराईले विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण