सानेपामा शेखरको प्रश्न : गठबन्धनभित्रको समाजवादी मोर्चा कसका विरुद्ध हो ?
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबनधन सम्बद्ध दलको समाजवादी मोर्चा कसका विरुद्ध हो भन्दै प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा कोइरालाले समाजवादी केन्द्रको निर्माण कसका विरुद्ध भएको हो भन्ने विषयमा पनि आवश्यक छलफल गर्न जरुरी रहेको बताए ।
डा.कोइरालाले भ्रष्टाचार र सुशासन अलग विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा आस्वस्त पार्न नसके जनताका घरमा भोट माग्न नजाँदा पनि हुने बताए ।
यस्तै सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न उनको माग छ । कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताए ।
कोइरालाले भने, ‘नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’
सम्बोधनको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण