शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
मौद्रिक नीति

मौद्रिक नीति :  जोखिम भार परिमार्जन*

आइतबार, ०७ साउन २०८०, १३ : ४६
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार केन्द्रीय बैंकको बोर्ड बैठकले आर्थिक वर्षको मौद्रिक नीति पारित गरेसँगै वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो । 

केन्द्रीय बैंकद्वारा जारी मौद्रिक नीतिले त्यति पुराना धेरै नीतिहरू चलाएको छैन । बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सपोर्ट गर्ने बताइएपनि व्यापक लगानीको नीति मौद्रिक नीतिमा देखिएको छैन ।

खागरी बैंकको ब्याजदर घटाउने र लगानीको वातावरण बनाउने लक्ष्य मौद्रिक नीतिसँग सबैको रहेको थियो । तर, मौद्रिक नीतिले हाल कायम १२ प्रतिशतको मुद्रा प्रदायलाई नै कायम गर्ने गरी ब्याजदर करिडोरलाई प्रायः यथावत् राखेको छ । 

यसअघिको मौद्रिक नीतिले लिएको घरजग्गा, सेयर धितोकर्जा लगायत अटो कर्जाको १५० प्रतिशतको जोखिम भारलाई परिमार्जन केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको छ ।*

यस्तो छ मौद्रिक नीतिको मुख्य नीतिहरू

–आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंक दरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल

दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

–यस बैंकले सञ्चालन लक्ष्यको रूपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला

गरिने छ ।

–बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ ।

–ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप