सुडानमा युद्धरत पक्षहरूबीचको झडपमा १६ जनाको मृत्यु
खार्तुम । सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो ।
पेशागत वकिलहरूको संगठनले सडक र नागरिकका घरमा गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।
संघले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ ।
गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण