महिला विश्वकप : नेदरल्यान्डसँग हार्यो पोर्चुगल
आइतबार, ०७ साउन २०८०, १६ : १७
काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेदरल्यान्डले पोर्चुगमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । जितसँगै नेदरल्यान्ड्स समूह ‘ई’ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पहिलो स्थानमा अमेरिका छ ।
पोर्चुगलविरुद्दका खेलको प्रारम्भमै नेदरल्यान्ड्सले निणरयक गोल गरेको थियो । खेल सुरु भएको १३औं मिनेटमा स्टेफानी भान ग्राटले नेदरल्यान्ड्सका लागि गोल गरेकी थिइन् । स्टेफानीको सोही गोल नै नेदरल्यान्ड्सलाई महत्वपूणर् तीन अंक दिलाउन पर्याप्त भयो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण