मोरक्कोको पोष्टमा जर्मनीको आधा दर्जन गोल
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार खेलिएको खेलमा जर्मनीले सजिलो जित हात पारेको छ । जर्मनीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हरायो ।
जितसँगै जर्मनी समूह ‘एच’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । जारी महिला विश्वकपमा यो हालसम्मको सबैभन्दा फराकिलो अन्तरको जित—हार हो । यसअघि समूह ‘सी’ अन्तर्गतको खेलमा जापानले जाम्बियालाई ५—० गोलले हराएको थियो ।
पहिलो हाफमा दुई गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो । खेलको प्रारम्भदेखि नै मोरक्कोलाई दबाबमा राखेको जर्मनीका लागि अलेक्जेन्ड्रा पोपले दुई गोलको योगदान गरिन् । दुईवटा गोल भने मोरक्काकै खेलाडीबाट आत्मघाति रुपमा भएको थियो ।
खेल सुरु भएको ११औं मिनेटमा पोपले पहिलो गोल गरेकी थिइन् । ३९औं मिनेटमा पोपले नै दोस्रो गोल थपेपछि पहिलो हाफमा जर्मनी २—० ले अगाडि रह्यो । खेलको ४६औं मिनेटमा क्लारा बुहीले जर्मनीका लागि तेस्रो गोल गरिन् ।
यसैगरी ५४औं मिनेटमा मोरक्कोकी हनान अह हाजबाट आत्मघाति गोल भयो । ७९औं मिनेटमा मोरक्कोकी अर्की खेलाडी यास्मिनबाट पनि आत्मघाति गोल हुन पुग्यो । निर्धारित समयको अन्तिम मिनेटमा जर्मनीका लागि लिआ स्चुलरले छैटौं गोल गरेकी थिइन् ।
मोरक्को पहिलो पटक महिला विश्वकपमा छनोट भएको हो । जर्मनी र मोरक्को बीचको खेलमा एउटा इतिहास रचिने सम्भावना थियो । मोरक्कोकी नोहाइला बेन्जिनाले ‘हिसाब’ लगाएर खेल्ने निर्णय गरेकी थिइन् । तर, मोरक्कोकी २५ वर्षीय डिफेन्डर बेन्जिनाले मैदानमा प्रवेश गर्ने अवसर भने पाइनन् ।
खेल अवधिभर उनी बेञ्चमै बसिन् । मैदानमा ओर्लिएको भए उनी ‘हिसाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण