शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आरजुलाई गगनको जवाफ : मलाई एनजीओमा काम गरेको थाहा छैन

सोमबार, ०८ साउन २०८०, १७ : ४६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा उनले सभापति शेरबहादुर देउवाकी पत्नी तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।

आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,’ उनले भने ।

यस्तै महामन्त्री थापाले आफूले ल्याएको कार्ययोजना आम पार्टीको विसलिष्ट भएको पनि बताए। उनले पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको पनि बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप