आरजुलाई गगनको जवाफ : मलाई एनजीओमा काम गरेको थाहा छैन
सोमबार, ०८ साउन २०८०, १७ : ४६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा उनले सभापति शेरबहादुर देउवाकी पत्नी तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।
आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,’ उनले भने ।
यस्तै महामन्त्री थापाले आफूले ल्याएको कार्ययोजना आम पार्टीको विसलिष्ट भएको पनि बताए। उनले पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण