चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु
सोमबार, ०८ साउन २०८०, २१ : १०
चितवन । पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण