फिलिपिन्ससँग हार्यो आयोजक न्युजिल्यान्ड
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।
प्रतिस्पर्धात्मक खेलको २४औँ मिनेटमा फिलिपिन्सले निर्णायक गोल गरेको थियो । फिलिपिन्सका लागि सरिना बोल्डेनले गोल गरेकी थिइन् । जितसँगै दुई खेल खेलेको फिलिपिन्स तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
एक खेल खेलेको स्विट्जरल्यान्ड तीन अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हराएको थियो । दुई खेल खेलेको न्युजिल्यान्ड भने तीन अङ्कसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा नर्वेलाई १—० गोलले हराएको थियो । एक खेल खेलेको अङ्कविहीन नर्वे चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण