टिजरमा यस्तो देखियो ‘जुलेबी’
मङ्गलबार, ०९ साउन २०८०, १८ : ३१
काठमाडौँ । चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले टिजर सार्वजनिक गरेको छ । एक मिनेट दश सेकेन्डको टिजरमा लभ र रोमान्सका दृश्यले प्राथमिकता पाएको छ ।
उषा रजक, सुरक्षा पन्त, नीशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म मञ्जरी, गाजा बाजा निर्देशन गरेका थिए ।
विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण