धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ
कैलाली । धनगढी उप-महानगरपालिकामा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ परेका छन् । इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू चेकजाँच गर्ने क्रममा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र २९ वर्षीया की कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिकले चिकित्सा सम्बन्धी मापदण्ड पुरा नगरी इजाजत पत्र नलिएको पाइएको थियो ।
दुवैमाथि मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी मंगलबार सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण