सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली सरकार दियो ४४० पशुपालक कृषकलाई ६८ लाख ७३ हजार 'गाेठालाे भत्ता'

बुधबार, १० साउन २०८०, १४ : २४
बुधबार, १० साउन २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा ४४० जना पशुपालन कृषकलाई 'गोठालो भत्ता' वितरण गरेको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा कृषकलाई भत्ता वितरण गरिएको हो ।

निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनीका अनुसार गत आवमा हुम्ला, मुगु, जुम्ला र डोल्पामा कार्यक्रम लागु भएको तियो ‌। ४४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार वितरण गरिएको छ ।

जस‌‌अन्तर्गत जुम्लाका २२५ कृषकलाई ३३ लाख वितरण गरिएको छ भने मुगुमा ५३ कृषकलाई १० लाख ५० हजार वितरण गरिएको छ।

यस्तै डोल्पामा ५३ कृषकलाई ९ लाख ५४ हजार र‌ हुम्लाका १०९ कृषकलाई १५ लाख ६९ हजार रकम वितरण गरिएको छ ।

कृषकलाई व्यावसायिक रूपमा पशुपालनतर्फ अग्रसर गराउनमा लागि 'गोठालो भत्ता' कार्यक्रम ल्याएको थियो । 

कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष ०७८/०७९ देखि लागु‌ भएको यो कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागु गर्ने भनिए पनि गत आवमा साबिक कर्णालीका चार वटा जिल्लाहरूमा मात्र दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप