महिला विश्वकप : स्पेन र जापान नकआउट चरणमा
काठमाडौँ । स्पेन र एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । जारी विश्वकपको नकआउट चरणमा पुग्ने अन्य टोलीको टुंगो लाग्न भने बाँकी नै छ । महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
स्पेन र जापान समूह ‘सी’ बाट प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । बुधबार खेलिएको दोस्रो खेलमा स्पेनले जाम्बियालाई ५—० गोलको फराकिलो अन्तरले हराएपछि स्पेनसँगै जापान पनि नकआउट चरणमा पुगेको हो । जुलाई ३१ तारिखमा हुने स्पेन र जापानबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
समूह ‘सी’ मा रहेका चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । स्पेन र जापान आफ्ना दुबै खेलमा विजयी भएका छन् । यी दुबै टोलीको ६—६ अंक छ । कोस्टारिका र जाम्बिया भने दुबै खेलमा पराजित भएका छन् ।
स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ३—० गोलले हराएको थियो । जापानले भने पहिलो खेलमा जाम्बियालाई ५—० र दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले हराएको थियो । जारी विश्वकपको आठवटै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरणमा पुग्ने प्रावधान छ ।
बुधबार खेलिएको जाम्बियाविरुद्घको खेलमा स्पेनले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । स्पेनका लागि जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले दुई—दुई गोलको योगदान गरेका थिए । खेल सुरु भएको नवौं मिनेटमा टेरेसा एबेलेरियाले पहिलो गोल गरेकी थिइन् ।
निर्धारित समयको १३औं मिनेटमा जेनिफर हर्मोसोले टोलीको अग्रता दोब्बर बनाएकी थिइन् । ६९औं मिनेटमा अल्बा रेडोन्डोले टोलीको अग्रता ३—० बनाएकी थिइन् । ७०औं मिनेटमा जनिफर हर्मोसोले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि स्पेन ४—० ले अगाडि बढेको थियो । ८५औं मिनेटमा अल्बा रेडोन्डोले ब्यक्तिगत रुपमा दोस्रो र टोलीका लागि पाँचौं गोल थपेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण