सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सांसद चड्ढालाई संसद परिसरमै कागले आक्रमण गरेपछि.....

बुधबार, १० साउन २०८०, १५ : २९
बुधबार, १० साउन २०८०

नयाँ दिल्ली । भारतीय सांसद राघव चड्ढालाई बुधबार संसद परिसरमै एउटा कागले आक्रमण गरेको छ । उनलाई कागले आक्रमण गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आम आदमी पार्टीका सांसद चड्ढा संसद परिसरमै फोनमा कुराकानी गर्दै हिँडिरहेको समयमा कागले अचानक हमला गरेको थियो । सामाजिक सञ्जालमा उक्त तस्वीर देखेर कतिपयले उनको अवस्थाबारे चासो राखेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीको दिल्ली इकाईले आफ्नो ट्वीटर ह्यान्डलमा राघव चड्ढाको तस्वीर शेयर गर्दै लेखेको छ– झुट बोले कौवा काटे ।

उल्लेखनीय छ, सांसद चड्ढा भारतीय जनता पार्टीका सम्बन्धमा पछिल्लो समय आक्रामक देखिएका छन् । सोमबार आम आदमी पार्टीका सांसद संजय सिंहलाई मनसुन सत्रभरिका लागि निलम्बित गरिएपछि सांसद चड्ढाले प्रश्न उठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप