भारतीय सांसद चड्ढालाई संसद परिसरमै कागले आक्रमण गरेपछि.....
बुधबार, १० साउन २०८०, १५ : २९
नयाँ दिल्ली । भारतीय सांसद राघव चड्ढालाई बुधबार संसद परिसरमै एउटा कागले आक्रमण गरेको छ । उनलाई कागले आक्रमण गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
आम आदमी पार्टीका सांसद चड्ढा संसद परिसरमै फोनमा कुराकानी गर्दै हिँडिरहेको समयमा कागले अचानक हमला गरेको थियो । सामाजिक सञ्जालमा उक्त तस्वीर देखेर कतिपयले उनको अवस्थाबारे चासो राखेका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टीको दिल्ली इकाईले आफ्नो ट्वीटर ह्यान्डलमा राघव चड्ढाको तस्वीर शेयर गर्दै लेखेको छ– झुट बोले कौवा काटे ।
उल्लेखनीय छ, सांसद चड्ढा भारतीय जनता पार्टीका सम्बन्धमा पछिल्लो समय आक्रामक देखिएका छन् । सोमबार आम आदमी पार्टीका सांसद संजय सिंहलाई मनसुन सत्रभरिका लागि निलम्बित गरिएपछि सांसद चड्ढाले प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण