निर्मला हत्या प्रकरण : पाँच वर्ष बित्यो, अनुसन्धान जारी
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका -उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।
शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो ।
यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । तर हालसम्म पनि प्रहरी अपराधीसम्म प्रहरी पुग्नसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको जानकारी दिए । “अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ”, उनले भने, “जिल्ला प्रहरी र सिआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ ।”
प्रहरीले अहिले पनि घटनामा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठ्यो ।
न्यायको लडाइका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौँसम्म धाए पनि न्याय प्राप्त भएको छैन । घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका– १९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो ।
अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण