रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई आफ्नो वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि बताएका छन्।
- भट्टराईले रास्वपालाई जनताले दिएको मत सुशासन र समृद्धिकै लागि भएको बताउँदै 'चुपचाप घण्टी छाप'को नारालाई सुशासन र विकासमा परिणत गर्न सुझाव दिएका छन्।
- उनले रवि लामिछाने र बालेन शाहको एकताले रास्वपाको पाँच वर्षे भविष्य सुनिश्चित हुने बताए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्।
आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
‘रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ यसलाई नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्छ’, सुझाव दिँदै भट्टराईले रास्वपालाई जनताले दिएको मत सुशासन र समृद्धिकै लागि भएको बताए ।
जनताको मत पाएको रास्वपा सत्य र न्यायको पक्षमा उभिनेछ आशा व्यक्त गर्दै भट्टराईले भने, ‘मैले वैकल्पिक राजनीतिको पैरवी गरेँ, त्यही पैरवी रास्वपालाई उपलब्धि ठानेको छु ।’ उनले ‘चुपचाप घण्टी छाप’को चुनावी नारालाई सुशासन र विकासमा परिवर्तन हुने अपेक्षा गरे।
भट्टराईले रवि र बालेनको एकताले मात्र रास्वपाको पाँच वर्षे भविष्य सुनिश्चित हुने भन्दै आफ्नो पुस्ताका कतिपय नेताले बुनेको तानाबानाहरूलाई अकबर र बिरबलको कथा सुनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण