आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

आइतबार, ०७ असार २०८३, १७ : ३२
आइतबार, ०७ असार २०८३

काठमाडौँ । उदयपुर प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण तामाङ,२६ वर्षीय जालकुमार राई र  ३० वर्षीय नेत्रमान राई रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तामाङलाई जिल्लाको कटारी नगरपालिका–४ कान्छी बजारबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने जालकुमार र नेत्रमानलाई चौदण्डी नगरपालिका ३ देउरालीस्थित मदन भण्डारी राजमार्गबाट इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

तामाङको साथबाट ५६ चक्की लागुऔषधसहित ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै नेत्रमान र जालकुमारको साथबाट ५७० ट्याब्लेट लागु औषधसहित एउटा अटोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सम्बन्धित प्रहरी कार्यालयहरूको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप