तस्करलाई गोदाम खोजिदिएको आरोपमा सुरेन्द्र तामाङ पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सुरेन्द्र काठमाडौँबाट पक्राउ परेका हुन् । उनले सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई खटाएको छ । सशस्त्र प्रहरी बलका डिएसपी प्रदिप राई सुन बरामद गर्दादेखी नै अपरेशनमा सहभागी छन् ।
असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलिप भुजेल हुन् ।
पक्राउ गरिएको आरोपीतहरुविरुद्ध विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–०५२ विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको काम अघि बढेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रातोपाटीलाई बताए । अधिकारीले भने,‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण