प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन्।
इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राखेका थिए ।
सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए ।
उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण