बेवास्तामा समिति
एक जना सांसद् नपुग्दा लेखा समितिको बैठक बस्न सकेन
शुक्रबार, १२ साउन २०८०, २२ : ००
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा कोरम नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो ।
बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बास्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए ।
आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण