बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
बेवास्तामा समिति

एक जना सांसद् नपुग्दा लेखा समितिको बैठक बस्न सकेन

शुक्रबार, १२ साउन २०८०, २२ : ००
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा कोरम नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो । 

बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि  सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बास्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए । 

आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप