कञ्चनपुरमा एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार
कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ ।
नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ ।
रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलाको सर्पदंश केन्द्रबाट उपचार गरिएको छ । साथै चालु आवमा साउनको ११ गतेसम्म यहाँ १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिए ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आवमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।
“आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरियो”, अध्यक्ष भट्टले भने, “धेरैजसो सर्पदंशका बिरामीको इमर्जेन्सीमै उपचारपछि निको भएर घर फर्किने गरेका छन् ।” उनले सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको बताए ।
“विगतमा सर्पले टोक्दा अकालमै ज्यान गुमाउनुपर्ने स्थिति थियो”, उनले भने, “अहिले समयमै चाँडो अस्पताल पुगे ज्यानै गुमाउनुपरेको घटना छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण