माओवादीले भन्यो : ६ दलीय संघर्ष समितिमा संलग्नता छैन
रौतहट । नेकपा (माओवादी केन्द्र) ले ६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेको छ । गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर सो काण्ड पीडित संघर्ष समितिले उठाएका मागविरुद्ध गठन भएको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको माओवादी केन्द्रले प्रष्ट पारेको हो ।
माओवादी केन्द्र रौतहटले शुक्रबार एक विज्ञप्ति जारी गरी गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर आम जनता पार्टीले उठाएको मागविरुद्ध गठन भएको ६ राजनीतिक पार्टीको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
‘आजभन्दा १७ वर्ष अगाडि भएको अमानवीय र कुर गौरहत्या काण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भइरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको छ, त्यो आन्दोलनमा माओवादी केन्द्रको कुनै संलग्नता छैन’ माओवादी केन्द्र रौतहटका इन्चार्ज युवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठूलो कार्यकर्ताको क्षति व्यहोरेको अमानवीय र निन्दनीय सो घटनाका दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग समेत विज्ञप्तिमा गरिएको छ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेको छ । सो समितिले विरोध प्रदर्शन थालेपछि जसपाले सत्ताधारी दललाई समेटेर आम जनता पार्टीविरुद्ध अर्को संघर्ष समिति बनाएर विरोध गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण
-
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै
-
दैलेखमा हाईस दुर्घटना, एक जनाको मृत्यु
-
अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
-
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
-
आज जम्मु कश्मीर विधानसभा चुनावको नतिजा आउँदै