महिला विश्वकप : इङ्ल्यान्डको लगातार दोस्रो जित
काठमाडौँ । महिला विश्वकप फुटबलको शुक्रबार भएको खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ । समूह ‘डी’ अन्तर्गतको सिड्नीमा खेलिएको खेलमा इङ्ल्यान्डले डेनमार्कमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
खेलको प्रारम्भमै गरेको गोल नै इङ्ल्यान्डको जितका लागि पर्याप्त भयो । खेल सुरु भएको छैटौं मिनेटमा इङ्ल्यान्डका लागि लाउरेन जेम्सले निर्णायक गोल गरेकी हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।
इङ्ल्यान्ड लगातार दोस्रो जितसँगै ६ अंक बटुलेर तालिकाको पहिलो स्थानमा छ । समान दुई खेल खेलेको डेनमार्क तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा हाइटीलाई १—० गोलले हराएको थियो ।
डेनमार्कले भने आफ्नो पहिलो खेलमा चीनलाई १—० गोलले हराएको थियो । एक—एक खेल खेलेका चीन र हाइटीले भने हालसम्म खाता खोल्न सकेका छैनन् । समूहगत चरणको अन्तिम खेलमा अगस्त १ तारिखमा इङ्ल्यान्डले चीनको र डेनमार्कले हाइटीको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण