बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिङ्गापुरमा २० वर्षपछि महिलालाई फाँसी

शुक्रबार, १२ साउन २०८०, १८ : ४८
शुक्रबार, १२ साउन २०८०

सिङ्गापुरमा शुक्रबार एक ४५ वर्षीया महिलालाई फाँसी दिइएको छ । त्यहाँको नार्कोटिक्स ब्युरोले सन् २०१८ मा सरीदेवी बिन्ते जमानी नामकी महिलाबाट ३१ ग्राम हेरोइन बरामद भएको जनाएको छ । यस्तै, उनी १ किलो हेरोइन बेचेको आरोपमा  दोषी ठहर भएकी थिइन् । यस मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ब्युरोले जमानीलाई सजाय दिन कानुनको पूर्ण पालना गरेको जनाएको छ ।

पछिल्लो २० वर्षमा पहिलो पटक सिङ्गापुरमा एक महिलालाई फाँसी दिइएको हो । यसअघि सन् २००४ मा ३६ वर्षीया हेयर ड्रेसरलाई लागू औषध तस्करीको आरोपमा फाँसी दिइएको थियो । हाल मानवअधिकार सङ्गठन एम्नेस्टी इन्टरनेशनलले सिङ्गापुरको यो कदमको कडा आलोचना गरेको छ । सङ्गठनले भनेको छ, ‘हामी मृत्युदण्ड हटाइसकेका देशलाई सिङ्गापुरमा यो सजायमा प्रतिबन्ध लगाउन हाम्रो मद्दत गर्न अपिल गर्छौँ ।’

सिङ्गापुरमा लागुऔषधको तस्करीलाई मृत्युदण्ड दिइन्छ

सिङ्गापुर विश्वका थोरै देशहरूमध्ये एक हो जहाँ लागुऔषध ओसारपसारमा मृत्युदण्ड दिइन्छ । अल्जजीराको रिपोर्टका अनुसार सिङ्गापुरले लागुऔषध तस्करीका मुद्दामा विदेशीलाई पनि छोड्दैन । अप्रिलमा सिङ्गापुरमा एक तमिल नागरिकलाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०१८ मा, ४६ वर्षीय टंगाराजु सुप्पैयालाई एक किलोग्राम गाँजाको तस्करीको लागि मृत्युदण्डको सजाय सुनाइएको थियो । संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचसीआर) ले मृत्युदण्डको विरोध गरेको थियो । तर पनि टंगाराजुलाई फाँसी दिइएको थियो ।

‘द गार्डियन’ को रिपोर्ट अनुसार टंगराजुले तमिल भाषा बोल्थे  र प्रहरीले उनलाई अङ्ग्रेजीमा सोधपुछ गरेका थिए । यति बेला कोही पनि दोभासे थिएनन् । टांगाराजुलाई फाँसी दिनुअघि जेनेभास्थित ग्लोबल कमिसन अन ड्रग पोलिसीका सदस्य बेलायती टाइकुन रिचर्ड ब्रान्सनले भनेका थिए, ‘टंगाराजुको लागुऔषधसँग कुनै सम्बन्ध छैन । सरकारले निर्दोषलाई फाँसी दिन लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप