बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

शनिबार, १३ साउन २०८०, ०८ : ५२
शनिबार, १३ साउन २०८०

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ ।  पहिरो हटाउने कार्य लगभग सकिएकोले केही बेरमा सडक दुई तर्फी नै खुल्ला हुने अपरेटर शम्भु बैठाले जानकारी दिए ।

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप