इटालीको पोस्टमा स्वीडेनको ५ गोल, अन्तिम १६ मा प्रवेश
शनिबार, १३ साउन २०८०, १६ : ००
वेलिङटन । इटालीमाथि शानदार जीत हासिल गर्दै स्वीडेनले एक खेल अगावै महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार भएको समूह जी अन्तरगतको खेलमा स्वीडेन ५–० गोलले विजयी बनेको हो ।
सन् २०१९ को फाइनलिस्ट टोली स्वीडेनका लागि पहिलो हाफको सात मिनेटको अन्तरालमा अमान्डा इलेस्टेड्ट, फ्रडोलिना रोल्फो र स्टीना ब्ल्याकस्टेनियसले एक–एक गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमा अमान्डाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता फराकिलो बनाइन् । इन्जुरी समयमा सब्सटिच्युट रेबेका ब्लोमकिभिस्टले गोल गर्दै टोलीलाई सानदार जित दिलाइन् ।
समूह जीमा दुई खेलमा दुवैमा जीत हासिल गर्दै स्वीडेन शीर्ष स्थानमा रहेको छ । अब नकआउट चरणमा स्वीडेनले अमेरिका, नेदरल्याण्ड र पोर्चुगलमध्ये एकको सामना गर्नेछ । इटाली ३ अङ्कसहित समूहको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण