संसदमा जानुअघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यास थालेको छ । साउन १० गतेबाट प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनले रातोपाटीलाई भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जानुभन्दा अगाडि आपसमा छलफल गर्ने अभ्यास सुरु गरेका छौं ।’ परियारका अनुसार संसदीय दलको बैठकमा सम्बन्धित दिनको संसद् बैठकका एजेण्डामाथि छलफल हुने छ ।
संसदीय दलको बैठक संसद् भवन बानेश्वर वा दलको कार्यालय सिंहदरबारमा बस्ने उनको भनाइ छ । ‘पार्टी सभापतिज्यूले बैठकको विषय वस्तुमाथि छलफल गरेर संसदमा जानुप¥यो भन्नुभयो । साउन १० गते पनि बैठक बसेको थियो । भोलि पनि बैठक बस्छौं ,’ परियालले भने ।
असार ३१ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रक्रिया नबुझेर बेल घेराउमा उत्रिएको रास्वपा पूर्वतयारी गरेर मात्र अब बैठकमा प्रस्तुत हुन लागेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण