३१ करोडले बढ्यो अम्रिसोको निर्यात, भारत सबैभन्दा ठूलो खरिदकर्ता
काठमाडौँ । नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ करोड ३९ लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।
गत आर्थिक वर्षमा नेपालबाट निर्यात भएको सम्पूर्ण अम्रिसो भारततर्फ गएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको विभागको तथ्यांक छ ।
उक्त अवधिमा नेपालबाट १ करोड ४० लाख ६९ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । तथ्यांकअनुसार एक वर्षको अवधिमा नेपालबाट अम्रिसोको निर्यात ३१ करोडले बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भने बंगलादेश र भारतमा अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा बंगलादेशतर्फ ३२ लाख ५९ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यस्तै, भारततर्फ ६९ करोड ६६ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण