व्यापारमा बदमासी : चनामा एक चौथाइ ढुंगा र माटो
विराटनगर । विराटनगरमा विक्री भइरहेको चनामा ढुंगा र माटो पाइएको छ । खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा विराटनगर महानगरपालिकाको टोलीले सिल प्याक चनाको बोरामा ढुंगा र माटो पाएको हो ।
विराटनगर महानगरको नेतृत्वमा विराटनगर ९ स्थित मेन रोडमा रहेको अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलमा टोलीले अनुगमन गरेको थियो । त्यस जुनेली नामको चनाको सिल प्याक बोरामा चनाजस्तै देखिने माटोको ढल्ला र ढुंगा भेटिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए ।
‘होटेलमा खाजा खान गएका उपभोक्ताहरूबाट खाजा खाने क्रममा पाएको चनामा ढुङ्गा भेटिएको छ । त्यसपछि हामीलाई गुनासो गर्नुभयो । खाद्य प्राविधिकसहितको टोली लिएर चना खरिद गरेर ल्याएको खुद्रा पसलमा सुरुमा अनुगमन गरियो । त्यसपछि होलसेल पसल अशोक कुमार एन्ड सन्समा बिक्रीमा राखिएको चनाको बोरा खोलेर हेर्दा मुनि तीर चनाजस्तै देखिने माटो र मसिनो ढुङ्गा पनि भेटियो,’ अनुगमनको नेतृत्व गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा अर्थात् २५० ग्राम चनाजस्तै देखिने माटोको ढल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’
अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको मा सिता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि मा सीता इन्टरप्राइजेज पनि अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ । ‘हामीले शिलप्याक बोराबाट जुनेली नामको चनाको नमुना सङ्कलन गरी ल्याब परीक्षणको लागि पठाएको छौँ,’ उनले भने, ‘अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पढाएका छौँ । केही दिनभित्रमा रिपोर्ट आउनेछ । खान योग्य भए नभएको पत्ता लाग्नेछ ।’
रिपोर्ट आएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको हो । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको उपभोक्ताले गुनासो गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण