कोलम्बियासँग जर्मनी स्तब्ध
सिड्नी । म्यानुएला भानेगासले ९७ औँ मिनेटमा गोल गर्दा महिला विश्वकपमा जर्मनी कोलम्बियासँग स्तब्ध बनेको छ । आइतबार भएको खेलमा कोलम्बिया २–१ गोलले विजयी बनेको हो ।
लिन्डा काइसिडोले खेलको ५२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, ८९ औँ मिनेटमा अलेक्सान्ड्रा पोपले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई खेलमा फर्काइन् ।
खेल बराबरी हुने अनुमान गरिरहँदा इन्जुरी समयमा भानेगासले लेइसको सान्तोषको पासमा गोल गर्दै कोलम्बियालाई जीत दिलाइन् । जर्मनीले विश्वकपको समूह चरणमा हारको स्वाद चाखेको सन् १९९५ पछि पहिलोपटक हो ।
जीतसँगै कोलम्बिया ६ अंकसहित समूह एचको शीर्ष स्थानमा रहेको छ । जर्मनी र मोरक्कोको समान ३ अङ्क भए पनि जर्मनी गोलअन्तरको आधारमा अघि रहेको छ । अङ्कविहीन दक्षिण कोरिया पुछारमा रहेको छ । अन्तिम १६ मा पुग्न अब कोलम्बियालाई मात्र एक अङ्क आवश्यक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण