गत वर्ष ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ३२२ वटा उद्योग (स्वदेशी/विदेशी) उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त सङ्ख्याका उद्योग दर्ता भएका हुन् ।
यी उद्योगहरूमा २ खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएका छन् । दर्ता भएका उद्योगहरूले विभागलाई दिएको तथ्यांकअनुसार २३ हजार ३२४ जनाले रोजगारी पाउनेछन् । यस्तै, यस अवधिमा ३२७ वटा विदेशी लगानी स्वीकृत भएका छन् ।
स्वीकृत भएका विदेशी लगानीका उक्त सङ्ख्याका उद्योगमा ३३ अर्ब १४ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ । तर, लगानी स्वीकृत हुन साथ उद्योग स्थापना वा दर्ता भने हुँदैनन् । यी सङ्ख्याका विदेशी लगानीका उद्योग स्थापना भएमा १७ हजारभन्दा धेरैले रोजगारी पाउने विभागले जनाएको छ ।
यस्तै, गत आर्थिक वर्ष कूल ५ वटा प्याटेन्ट दर्ता भएका छन् भने १८ वटा डिजाइन दर्ता भएका छन् । गत वर्ष ट्रेडमार्कको दर्ता सङ्ख्या भने ३ हजार २५४ छ । यस्तै, ट्रेडमार्क चोरी तथा नक्कल गरेको मुद्दासँग सम्बन्धित १५० वटा कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण