राप्रपाको कार्यालय भत्काउने बालेनको प्रयास विफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ । महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज कार्यालय जोगिएको हो ।
यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । सोमबारसम्म दिइएको समयमा राप्रपाले पार्टी कार्यालय नहटाएपछि महानगरले डोजर लगाएर हटाउने प्रयास गरेपनि विफल भएको हो ।
बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय जोगाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत हारगुहार गरेको बताइएको छ । त्यसपछि श्रेष्ठकै निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समन्वय गरेपनि राप्रपाले महानगरपालिकाले बलजफ्ती गरेको भन्दै विरोध जारी राखेको छ । विद्युत् प्राधिकरण र महानगरका प्रतिनिधिसहितको बैठकमा कुनै सहमति नभएको र प्रशासनले पनि प्रहरीको ब्याकफोर्स नदिएपछि सोमबार भवन जोगिएको बताइएको छ ।
यसैबीच राप्रपाका मुख्यसचिव केदार अधिकारी र नेता निरञ्जन थापाले महानगरपालिकामा पत्र दर्ता गराएका छन् । पत्रमा भवन भत्काउनुको लिखित जानकारीसहित महानगरको कार्यक्षेत्र लगायतका विषयमा प्रश्न गरिएको छ ।
तर, महानगरपालिकाले राप्रपाको पत्र चित्तबुझ्दो नभएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र चित्तबुझ्दो नभएको र यसबारे आफूहरू छलफलमै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण