सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ : मन्त्री ज्वाला

सोमबार, १५ साउन २०८०, १८ : ३७
सोमबार, १५ साउन २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन् ।  

सोमबार एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताएका हुन् । उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अफ्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए ।  

मन्त्री ज्वालाले निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताए । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उनको भनाई छ ।

मन्त्री ज्वालाले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप