उपप्रधानमन्त्री खड्काले सेनालाई भने-हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस्
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गरेका छन् ।
नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाईसेवा अन्तर्गतको मध्य एयरवेशको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए । उनले यसको सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्न सकिन्छ त्यतातिर बढी ध्यान दिन पनि आग्रह गरे ।
अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा पनि हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले सधैँ उच्च मूल्याङकन गरिरहेको स्पष्ट पारे । उनले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस वा विपद् तथा उद्धारका काममा रातदिन खटिएर काम गरेकोमा जनताले सधैँ सम्मान गर्ने बताए ।
नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ । रक्षामन्त्री समेत रहेका खड्काले भने, “तपाईंहरु एकातिर सैनिक र अर्को तिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ । तपाईंहरुको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।”
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टरहरु २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानी वार्ताकारको हत्या गर्ने योजना बनाएको दाबी
-
दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
-
२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार : ज्ञानेन्द्र शाही
-
अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ
-
पोर्चुगल विरुद्ध क्रोएसियामा विश्वकप इतिहासकै दोस्रो अत्यधिक इन्जुरी समय, कुन–कुन थिए लामा खेल ?
-
कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण