बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुँदै
बुटवल । बुटवलमा राष्ट्रिय धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुने भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटीले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो ।
सम्मेलन साउन १९ र २० गते बुटवलमा हुने सम्मेलनमा प्रा. डा. देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा वैदेशिक यात्रासम्बन्धी, प्रशिक्षण वास्तु र जीवन प्रशिक्षणबारे डा. माधवमंगल जोशी कार्यपत्र प्रस्तुत गर्ने महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।
करिब ४ सय भन्दा बढी ज्योतिषहरूको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतमको उपस्थिति रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण