आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाले प्रकाशन गरेको गौरवमय सांस्कृतिक मानचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण

मङ्गलबार, १६ साउन २०८०, १६ : २४
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । विवेकशील साझा पार्टीले प्रकाशन गरेको सांस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार,महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापासहितो टोलीले उपराष्ट्रपति यादवलाई गौरवमय सांस्कृतिक मानचित्र हस्तान्तरण गरेर अभियान शुरु गरेको जनाएको छ ।

एशीयाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धी अगाडीको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्त्विक महत्वका सम्पदा समेटिएका छन् । 

विवेकशील साझाले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको जनाएको छ । अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले केही समयअघि  मानचित्र प्रकाशन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप