‘टक सेन्टर’ मा नेता– कार्यकर्तासँग सिटौलाको छलफल
मङ्गलबार, १६ साउन २०८०, १७ : ४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘टक सेन्टर’ मा पार्टीका नेता कार्यकर्ताहरूसँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो नेता सिटौलाले आफू निकट कार्यकर्तासँग समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन् ।
सिटौला निकट प्रदेश सांसदहरुले बनाएको ‘टक सेन्टर’मा अहिलेसम्म ५ पटक छलफल भइसकेको काफ्लेले बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले ‘टक सेन्टर’मा समसामयिक राजनीतिबारे छलफल भएको बताए ।
उनका अनुसार यसअघि प्राध्यापक र युवाहरूसँग छलफल गरिएको थियो । आज समसामयिक राजनीतिबारे सिटौलाले धारणा राखेका थिए । शिक्षा, स्वास्थ्य, सञ्चारलगायत हरेक क्षेत्रमा दृष्टिकोणसहित कांग्रेस अघि बढ्नुपर्ने सिटौलाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण