सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘टक सेन्टर’ मा नेता– कार्यकर्तासँग सिटौलाको छलफल

मङ्गलबार, १६ साउन २०८०, १७ : ४८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘टक सेन्टर’ मा पार्टीका नेता कार्यकर्ताहरूसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो नेता सिटौलाले आफू निकट कार्यकर्तासँग समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन् ।

सिटौला निकट प्रदेश सांसदहरुले बनाएको ‘टक सेन्टर’मा अहिलेसम्म ५ पटक छलफल भइसकेको काफ्लेले बताए ।

कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले ‘टक सेन्टर’मा समसामयिक राजनीतिबारे छलफल भएको बताए ।

उनका अनुसार यसअघि प्राध्यापक र युवाहरूसँग छलफल गरिएको थियो । आज समसामयिक राजनीतिबारे सिटौलाले धारणा राखेका थिए । शिक्षा, स्वास्थ्य, सञ्चारलगायत हरेक क्षेत्रमा दृष्टिकोणसहित कांग्रेस अघि बढ्नुपर्ने सिटौलाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप