शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशीमा सरकारविहीनता हुन नदिन राजीनामा: निवर्तमान सभामुख गौतम

मङ्गलबार, १६ साउन २०८०, १८ : ४०
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान सभामुख बाबुराम गौतमले प्रदेशमा सरकारविहीनताको अवस्था अन्त्य गर्नका लागि आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् । गौतमले मंगलबार राजीनामा दिएसँगै नेपाली कांग्रेसका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्दै सो पदमा नियुक्तसमेत भइसकेका छन् ।

गौतमले भने, ‘सरकार विनाको प्रदेश रहन सक्दैन, यस्तो अवस्थामा म जस्तो जिम्मेवार व्यक्तिले पदलाई मात्रै समाएर देश र प्रदेशप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकिने अवस्थालाई हृदयङ्गम गरी सभामुख पदबाट राजीनामा गर्ने मनस्थितिमा पुगी आफ्नै खुसीले स्वतन्त्र रहेर राजीनामा गरेको छु।’

यसअघि पनि प्रदेश सरकारको गठन प्रक्रियामा प्रदेशमा सरकारविहीनताको परिस्थिति नहोस् भन्ने असल मनसायले आफ्नो समेत हस्ताक्षरमा सरकार गठन भएको उनको स्पष्टोक्ति छ । ‘सर्वोच्च अदालतमा चुनौती भई संविधानमा स्पष्ट हुन नसकेको विषय अदालतबाट स्पष्ट भई सरकार गठन प्रक्रियामा सभामुख सामेल हुन नहुने सम्मानित सर्वोच्च अदालतबाट व्याख्या भएको कुरालाई मैले स्वीकार गर्दै यो विषयमा मैले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालमा अन्यथा व्यहोर्नु परेतापनि भविष्यमा सबैलाई मार्गदर्शन हुने कुरा सम्मानित अदालतबाट व्याख्या हुन सकेकोले मलाई खुसी लागेको छ, यसमा मलाई लघुताभास भएको छैन,’ उनले भनेका छन् ।

सभामुख पदबाट राजीनामा गरिसकेपछि आफ्नो मातृ राजनीतिक दल नेकपा (माओवादी केन्द्र)सँग आबद्ध भएको बताउँदै अब उक्त दलसँग सम्बन्धित कोशी प्रदेश सभा सदस्यको रूपमा आफूलाई उभ्याएको गौतमले जनाएका छन् ।

364425991_1311809239424842_259963327100686239_n

364479108_300195145777610_8627946177268302032_n

364543857_255508847414856_4391594972050686720_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप