फ्रान्सले नाइजर*बाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने
पेरिस । नाइजरमा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठुलो कदम चालेको छ ।
फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार उक्त देशबाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ ।
फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा भने कि नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमविरुद्ध गत हप्ताको विद्रोह भएपछि गहिरिएको सङ्कटलाई लक्षित गर्दै फ्रान्सेली र अन्य युरोपेलीहरूलाई त्यहाँबाट बाहिर निकाल्ने अभियान सुरु गरिएको छ ।
फ्रान्स र इटालीसहित चार युरोपेली देशहरूले यस्तै घोषणा गरेका छन्। यी देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन्।
सो घटना पछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि नाइजरमा फ्रान्सेली हितहरूमा कुनै पनि आक्रमणको द्रुत र असहज जवाफ दिइने छ। नाइजर १९६० सम्म फ्रान्सको उपनिवेश थियो ।
*यसअघि नाइजरको स्थानमा अन्यथा भएकोमा भुलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण