बुटवलमा ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला सहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।
विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको छ ।
छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् ।
बुटवल उपमहानगरपालिकामा तत्काल संक्रमितको तथ्याङ्क एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।
रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताए पनि बुटवलमा अहिलेसम्म आधिकारिक रुपमा संक्रमित फेला परेका छैनन् ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सन्चालन गरी संक्रमण फैलिन नदिनतर्फ ध्यान दिने बताए ।
उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधोपचारको व्यवस्था गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण