दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
सारांश
- निर्वासित तिब्बतीयन धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनको अवसरमा स्वयम्भूस्थित नामग्याल स्कुलमा कार्यक्रम गरिएको छ ।
- सुरक्षा सतर्कता अपनाइए पनि नामग्याल स्कुलमा आयोजित अनौपचारिक कार्यक्रममा प्रहरीले हस्तक्षेप नगरेको बताएको छ ।
- कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू र बौद्ध धर्मावलम्बीहरूको उपस्थिति थियो ।
काठमाडौँ । निर्वासित तिब्बतीयन धार्मिक नेता दलाई लामाको जन्मदिनको अवसरमा सोमबार स्वम्यभुमा कार्यक्रम गरिएको छ । तिब्बती समुदायले धर्मगुरुको जन्मदिन स्वयम्भूस्थित नामग्याल स्कुलमा मनाएका हुन् । धर्मगुरु लामाको जन्मदिनमा काठमाडौँमा पनि ‘फ्री–तिब्बत’ गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । आज मनाइएको १४औँ दलाई लामाको ९१ औँ जन्मदिन हो ।

जिल्ला सुरक्षा समितिले जुलुस, सभा र पोस्टर सहित प्रदर्शन गर्न रोक लगाइएको थियो । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले फ्री तिब्बत मुभमेन्ट जस्ता गतिविधि हुन नदिन कठोर ढङ्गले प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
नामग्याल स्कुलमा भएको कार्यक्रम औपचारिक नभएको हुनाले आफ्नो नोटिसमा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘अनौपचारिक कार्यक्रम हाम्रो जानकारीमा हुने कुरा भएन ।’

जन्मदिन मनाउन नामग्याल स्कुलमा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू समेत सहभागी भएको दाबी गरिएको छ । कार्यक्रममा बौद्ध धर्मावलम्बीहरू उपस्थित थिए । जन्मदिनको अवसरमा केक काटेर तथा सांस्कृतिक प्रस्तुति गरेर उत्सव मनाइएको आयोजकले बताएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकमा यसअघि पनि बन्द कोठाभित्र कार्यक्रम गर्दा अवरोध नगरिएको हुनाले यसपटक पनि आफ्नो आस्था राख्न बन्द कोठामा कार्यक्रम गरेमा लचकता अपनाउनेबारे छलफल भएको थियो ।

सुरक्षा समितिका एक जना सदस्य भन्छन्– ‘बन्द कोठाभित्र पनि गीत बजाउने र भाषण गर्न नदिनेबारे छलफल भएको थियो ।’ सुरक्षा समितिका ती सदस्य भन्छन्– ‘विद्यालय वा अन्य स्थानको भित्र कोठामा धूप बाल्ने र मौन ढङ्गले पोस्टर, पम्पलेट बिना कार्यक्रम गर्न भने रोक नलगाउने विषयमा छलफल भएको थियो ।’
नेपालको सार्वजनिक नीति र परराष्ट्र नीतिको बर्खिलाप हुने गरी कार्यक्रम हुन नदिएको एसपी भट्टराईले बताए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण