बढुवा भएका ८८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक र प्रशासनतर्फ बढुवा भएका ८८ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
गृहसचिव स्तरको साउन १६ को निर्णयबाट उनीहरु बढुवा भएका थिए । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका १६ जना, प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा भएका ८ जना, र प्रशासनतर्फ वरिष्ठ नायव निरीक्षकबाट इन्स्पेक्टर पदमा बढुवा भएका ६४ जना छन् ।
सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी काम गर्न निर्देशन दिए । उनले भने,‘संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न गर्नुस् ।’ राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रहने आईजीपी कुँवरको भनाई छ ।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रहेर स्तरीय प्रहरी सेवा प्रदान गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण