मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बढुवा भएका ८८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

बुधबार, १७ साउन २०८०, २० : १९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक र प्रशासनतर्फ बढुवा भएका ८८ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

गृहसचिव स्तरको साउन १६ को निर्णयबाट उनीहरु बढुवा भएका थिए । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका १६ जना, प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा भएका ८ जना, र प्रशासनतर्फ वरिष्ठ नायव निरीक्षकबाट इन्स्पेक्टर पदमा बढुवा भएका ६४ जना छन् । 

सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी काम गर्न निर्देशन दिए । उनले भने,‘संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न गर्नुस् ।’ राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रहने आईजीपी कुँवरको भनाई छ । 

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रहेर स्तरीय प्रहरी सेवा प्रदान गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप